एक वर्ष अघि लिईएको नेपाल वायुसेवा निगम को चौथो तह खरिदार सरहको परिक्षा को प्रश्नोत्तर (२०७३/०२/१५)

१) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्थापना कहिले भएको हो ?
२०१५
२) सप्तकोसीको सबैभन्दा ठूलो सहायक नदी कुन हो ?
-अरुण
३) पाटनको श्रकृष्ण मन्दिर कुन सालमा निर्माण भएको थियो ?
१६९३
४) Duck worth Lewis कुन खेल सँग सम्बन्धित छ ?
क्रिकेट
५) Bull and Bear के सँग सम्बन्धित छ ?
शेयर बजार
६) अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस कहिले पर्दछ ?
डिसेम्बर ७
७) जोडा मिलाउने
तवेला दलान भ्रष्टाचार निवारण गर्ने कार्यालय
मुन्सीखाना परराष्ट्र मामिला हेर्ने कार्यालय
लिङ्वल यातायातको व्यवस्था गर्ने कार्यालय
दरखास्त परिषद कर्मचारी छनौट गर्ने कार्यालय
८) विमानस्थल र जिल्लामा कुन ठिक
चौरहजारी, रुम्जाटार क्रमशः रुकुम र ओखलढुंगा
९) सुवर्णभूमि अन्तराष्ट्रिय विमानस्थल कुन देशमा पर्दछ ?
थाइल्यान्ड
१०) कुन कथन सहि हो?
जिका भाइरस पहिलोपटक सन् १९४७ मा युगाण्डामा पत्ता लागेको थियो र जिका जंगलको नाम बाट भनिएको हो ।
११) जनगणना ,२०६८ अनुसार सबैभन्दा कम जनसंख्या भएको जिल्ला कुन हो ?
-दिईएका मध्ये हुम्ला
१२) जोडा मिलाउने
नेपाल गन्तव्य वर्ष १९९८
नेपाल भ्रमण वर्ष २००२-२००३
नेपाल पर्यटन वर्ष २०११
१३) कुन सहि होइन
International Civil Airlines Organization – ICAO
सहि उत्तर – International Civil Aviation Organization
१४) अन्तर्राष्ट्रिय सगरमाथा दिवस कहिले मनाइन्छ ?
२९ मे
१५) शान्ति र समृद्धि का लागि गहन एकता कतिऔँ सार्क शिखर सम्मेलनको नारा हो ?
१८ औँ
१६) आधुनिक काठमाडौँका निर्माता को हुन् ?
गुणकामदेव
१७) नेपालमा कुन वर्षलाई गैडा चोरी शिकारी शून्य वर्षको रुपमा मनाइयो ?
वि. सं २०६९
१८) पहिलो अन्तरिक्ष पर्यटकको हुन् ?
डेनिस टिटो
१९) नेपालको संविधानमा कति भाग,धारा र अनुसुची छन् ?
भाग ३५ , धारा ३०८ र अनुसुची ९
२०) नेपालका आदिवासि जनजातिहरु मध्ये चेपाङ जनजाति कुन वर्गीकरणमा पर्दछ ?
क) सिमान्तकृत ख) अति सिमान्तकृत
ग) लोपोन्मुख घ) सुविधा वञ्चित
२१) पर्यटन परिषद्को अध्यक्ष को हुन्छ ?
प्रधानमन्त्री
२२) सार्क सचिवालय को स्थापना कहिले भयो ?
सन् १९८७
२३) नेपाल कहिले देखि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्य भएको हो ?
सन् १९६०
२४) नेपालको सबैभन्दा उचाइमा रहेको सदरमुकाम कुन हो ?
सिमिकोट
२५) नेपालको सर्वप्रथम हवाई सम्झौता गरेको मुलुक कुन हो ?
भारत

संकलक :   प्रमोद गौतम

(gautamsirpramod@gmail.com)

Comments

Popular posts from this blog

हालसम्मका मदन पुरस्कार विजेता कृति र लेखक

यस वर्ष लोकसेवा आयोगमा सोधिने केही सम्भावित प्रश्नहरु